Categories समाचार

मोटरसाइकल दुर्घटनामा परि घाइते भएका २ जनाको मृत्यु

Advertisement

वीरगञ्ज ।  बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा ना २ प ९७०५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा कलैया उपमहानगरपालिका वडा नम्बर ९ रामपुर टोल बस्ने ३५ बर्षिय  रहिम अन्सारीको मृत्यु भएको हो ।

कलैया–१४ बघबनबाट कलैयातर्फ आाउदै गरेको मोटरसाईकलको ठक्करबाट अन्सारी घाईते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

यस्तै गत माघ १५ गते बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ धर्मपुर सडक खण्ड स्थित भारतबाट जोलगावातर्फ आउँदै गरेको बीआर ०५ एजी १२८७ ननम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक भारत बिहार मोतिहारी पुर्वी चम्पारण छवडादानो बस्ने २७ बर्षिय भैयाराम साहको मृत्यु भएको छ ।

Advertisement

उनको उपचारको क्रममा परवानीपुरको एलएस न्युरो अस्पतालमा शनिबार मध्यान्ह सवा १२ बजे मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परि भारतको सोही स्थान बस्ने ३४ बर्षिय सन्देश साह घाइते भएका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *