श्याम सरार्फ
वीरगन्ज । लागू औषध गाँजा सहित ३ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने २५ वर्षका नरेश बम, ४३ वर्षका हिरामान थिङ र ३५ वर्षका सुरेश स्याङतान रहेका छन् ।
हिजो ( शुक्रबार ) बिहान अन्दाजी ०६:०० बजे बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट निजहरुलाइ पक्राउ गरिएको हो ।
प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीलाई देखी अमलेखगंजबाट पथलैयातर्फ आउँदै गरेको ना २ ह ४९५० नम्बरको अटो भाग्ने क्रममा चेकिङ्गमा खटिएको प्रहरी टोलीले उक्त अटोलाई पिछा गरी नियन्त्रणमा लिएको थियो ।
अटो चेकजाँच गर्दा अटोभित्र लुकाई छिपाई ल्याएको अवस्थामा अवैध लागू औषध गाँजा १२ किलो फेला पारी उक्त लागू औषध ओसार पसारमा संलगन रहेको तिनै जनालाई पक्राउ गरि लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





