Categories समाचार समाज

मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ

Advertisement

जनकपुरधाम । धनुषा प्रहरीले मन्दिरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरेका छन् । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं.१ रमदैयास्थित रहेको राजदेवी मन्दिरमा चोरी गर्ने चोरको गिरोह पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ गरेका चोरहरूलाई आज जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ । उनीहरूलाई चोरी गरेको सरसामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले जनाएको छ ।

Advertisement

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका ५ का ३७ वर्षीय रजाक मोहमद, विदेह नगरपािलका ४ सुन्दरपुरका २१ वर्षीय मोहमद हबगुल्ला साह सोही ठाउँका २२ वर्षीय नर्सुदिन साह, ३० वर्षीय सरिफ मुसलमान र कमला नगरपािलका ७ हथमुन्डाका २२ वर्षीय रमेश कुमार महतो रहेको प्रहरीले जनाएको छ ।

Advertisement

मन्दिरबाट चोरी भएको देवीको चाँदीको मूर्ति, गिलास र सुनका मनटिका, नथिया, सिक्री कानको झुम्का लगायतको सुन चाँदी समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । सिसिटिभी फुटेजमा कैद भएको दृश्यको आधारमा ह्युमन ईन्टेलिजेन्सको विशेष सहयोगमा चोरको गिरोहलाई पक्राउ गरिएको एसपी खड्काले जनाए । 

चोरहरू लुकिछिपी भारत छिर्न लागि रहँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई जनकनन्दनी गाउँपालिकाको महुवाबाट बिहीबार अबेर राति पक्राउ गरिएको छ । साभार

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *