Categories समाचार

होली सभ्य, शिष्ट र मर्यादित बनाउन पर्सा प्रहरीको आग्रह, नटेरे कारबाही गरिने

वीरगञ्ज  फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुभकामना सन्देश जारी गर्दै सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।

Advertisement

कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहर पानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि प्रहरीले भनेको छ ।

Advertisement

रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भिडभाड हुने ठाउँमा होली नखेल्न, कुनै पनि आपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तत्काल नेपाल प्रहरीको हटलाइन नं १०० मा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसवर्ष सोमवार हिमाली र पहाडी जिल्लामा तथा मङ्गलवार तराईका जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । यद्यपी मंगलवार वीरगञ्जसहित मधेशमा नमनाउने हुँदा यहाँ बुधवार नै होली मनाइने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *