वीरगन्ज । समाजिक संस्था पहिलो पाईला नेपाल वीरगन्ज शाखाले होली मिलन समारोह मनाएको छ ।
संस्थाले आदर्शनगर स्थित रहेको आमाको माया छात्रवासमा रहेका बालबालिकाहरूलाई रंग अबिर लगाई होली मिलन समारोह मनाएको छ ।
भड्किलो रुपले हुदै आएको सभा समारोह नगरि छात्रवासमा रहेका बालबालिकाहरुसंग खुसी साट्न पाउदा आफुहरुलाइ राम्रो आभास भइरहेको अध्यक्ष निश्चल प्रजापतिले बताए ।
प्रजापतिको अध्यक्ष्तामा भएको समारोहमा मधु प्रजापति, सुमित गुप्ता, कृति श्रेष्ठ, बिज्ञा चालिसे लगायतको उपस्थिति रहेको थियो ।





