Categories मनोरञ्जन समाचार

देवले सम्झाएपछि शत्रुघ्नले प्लास्टिक सर्जरी गर्ने निर्णय फेरे

वीरगन्ज । दिग्गज अभिनेता शत्रुघ्न सिन्हा हालै अरबाज खानको च्याट शो द इनभिन्सिबल्स विद अरबाज खानमा पुगेका थिए । यति बेला शत्रुघ्नले करियरको सुरुवातमा उनी आफ्नो अनुहारका लागि निकै असुरक्षित महसुस गर्ने गरेको बताएका छन् ।

उनलाई आफ्नो अनुहारको प्लास्टिक सर्जरी गराउने अत्यधिक इच्छा थियो । तर त्यति बेला अभिनेता देव आनन्दले उनलाई यस्तो गर्नबाट रोकेको र अनुहारको निशानाले नै उनलाई सबैभन्दा भिन्न देखाएको भन्दै सम्झाए । देवले सम्झाएपछि शत्रुघ्नले प्लास्टिक सर्जरी गर्ने निर्णय फेरे ।

Advertisement

शत्रुघ्नले सेयर गरे बाल्यकालको किस्सा

Advertisement

कुराकानीका बेला शत्रुघ्न सिन्हाले भने, ‘बाल्यकालमा म मामाको नक्कल गर्दै दाह्री काट्ने कोसिस गर्दथेँ । त्यसै कारण मेरो अनुहारमा दाग बस्यो । मैले रेजरले सुरुमा मामाकी छोरीको गाला काटेँ र त्यसपछि आफ्नो गाला काटेँ । त्यति बेला मेरो परिवारका सदस्यले घरमा नै प्राथमिक उपचार दिए तर त्यसले खासै केही असर गरेन ।’

शत्रुघ्नले थपे, ‘मैले फिल्ममा काम गर्न सुरु गर्दा मैले मेरो अनुहारलाई मिलाउनुपर्छ भन्ने लाग्यो । मैले एक प्लास्टिक सर्जनसँग कुराकानी पनि गरेको थिएँ ।’

उनले थपे, ‘सङ्घर्षका दिनमा म देव आनन्दसँग धेरै भेटघाट गर्थेँ । उनले मलाई मेरा दागहरू नमेट्न भने । उनले भने, ‘मेरो दाँतको बीचमा पनि एउटा ग्याप छ र यो अब फेसन बनिसकेको छ । ’ अनुहारको दागले म असाध्यै लज्जित महसुस गर्थेँ । फिल्ममा काटिएको अनुहार लिएर आइरहेको छु, कसरी आफ्नो छुट्टै स्थान बनाउने होला जस्तो लाग्थ्यो ।’ एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *