श्याम सरार्फ
वीरगन्ज । रातोपाना न्युज नेटवर्क प्रा. ली. द्वारा सञ्चालित रातोपाना खबरले आयोजना गरेको होली बिशेष कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज स्थित रानिसती मन्दिर अगाडि रहेको मधुशाला रेस्टुरेन्टमा आयोजना गरिएको होली बिशेष कार्यक्रममा लोक गायक छोटु राजाले प्रस्तुति दिएर दर्शकहरुलाइ झुमाएका थिए ।

तराई मधेसमा लोप हुदै गएको होली गीत संगीत संकलन गरेका जेंवनाका संरक्षक राकेश यादव मितवाले पनि आफ्नो जोडदार प्रस्तुति दिएर कार्यक्रममा रौनक ल्याएका थिए ।
यस अनलाइनले आफ्नो सामाजिक र सांस्कृतिक जिम्मेवारी पुरा गर्दै लोप हुदै गएको होलीको गितहरु प्रस्तुत गर्न यस्तो कार्यक्रमको आयोजना गर्न पाउदा निकै राम्रो आभास भइरहेको प्रबन्ध निर्देशक अमित अग्रवालले बताए ।

रंगको पर्व र असत्य माथि सत्यको जितको रुपमा मनाइने यस पर्वलाइ सभ्य भव्य र समाजमा कुनै किसिमको नकारात्मक असर नपर्ने गरि मनाउन वक्ताहरुले जोड दिए ।
रातोपानाको आयोजना र मधुशालाको सह आयोजनामा गरिएको सो कार्यक्रममा आएका अतिथिहरुले गाउने टोलीलाई होलीको टोपी र अबिर लगाए कार्यक्रमको शुरुआत गरेका थिए । कार्यक्रममा पहिलो पाईला नेपाल वीरगन्ज शाखा, एम एस धोनी फैन क्लबको सहयोग रहेको थियो ।

बिशेष कार्यक्रममा साहित्यकार गणेश लाठ, उधोग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास, नेपाल भारत उधोग वाणिज्य संघका अभिशेक चौधरी, मानव सेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, युवा नेता ओमप्रकाश सरार्फ, व्यवसायी मुर्ली जालान, लगायतको उपस्थिति रहेको थियो ।

भिडियो
https://www.facebook.com/Ratopananews/videos/788128455560383/?app=fbl


