Categories धर्म/संस्कृति समाचार

तराई–मधेसमा होली मङगलबार परेपनि आज मनाइँदै

Advertisement

वीरगन्ज । तराई–मधेसमा होली पर्ब हिजो मङगलबार परेपनि आज (बुधबार) मनाइँदै छ ।

सामान्यता नेपालमा पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली पर्व मनाईन्छ । पहाडी क्षेत्रमा होली सोमबारनै मनाइ सकिएको छ । तराई–मधेसमा भने होली हिजो परेपनि आज मनाइँदै छ । मङगलबारका दिन माछा मासु नखाने चलन भएका कारण आज (बुधबार) मनाउन लागिएको हो ।

Advertisement

पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको दुई वटा धार्मिक विश्वास रहँदै आएको छ।

Advertisement

तराई मधेस क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ भने आफन्तहरु मिलेर रंगहरु दलेर एक आपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।

होलीका अवसरमा मधेसका आठ जिल्लामा भने सरकारले आज नै सार्वजनिक बिदा दिएको छ ।

फाइल फोटो
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *