Categories समाचार

ठाकुरराम क्याम्पसका जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह नेविसंघमा प्रवेश

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसका जनमत विधार्थी संघका इकाई अध्यक्ष शीवम सिंह नेविसंघमा प्रवेश गरेका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका भातृ संस्था जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह , नेपाली काँग्रेसको भातृ संस्था नेविसंघमा प्रवेश गरेका हुन् ।

Advertisement

शनिबार क्याम्पस परिसरमै आयोजित कार्यक्रममा सिंहलाई काँग्रेसका जिल्ला सहसचिव नवीन सिंहले अबीर टिका लगाएर स्वागत गरे भने नेविसंघ पर्साका सभापति रमेश यादवले सिंहलाई संघको सदस्यता प्रदान गरे ।

Advertisement

चैत ५ को स्ववियु निर्वाचनको पूर्व सन्ध्यामा जनमत विधार्थी संघका इकाई अध्यक्ष सिंह नै नेविसंघमा प्रवेश गरेपछि ठाकुरराम क्याम्पसमा नेविसंघको पकड झन मजबुत भएको काँग्रेस जिल्ला सहससचिव नवीन सिंहले बताए ।

त्यसअवससरमा नेपाल तरुण दल पर्साका सभापति विकास तिवारी , काँग्रेसका युवा नेता धर्मराज यादव , नेविसंघका नेताहरु मुनराज तिवारी , शेष हजरा , विकास मण्डल , राहुल गुप्ता , रोशन सिंह लगायतको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *