वीरगन्ज । पछिल्ला दिनहरूमा युवाहरुले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सामाजिक कार्य गरि मनाइरहेको देखिन्छन् ।
जन्मदिनको अवसरमा गरिने अनावश्यक खर्च नगरि तनहुँको व्यास नगरपालिका-२ निवासी युवा व्यवसायी सुशान अधिकारीले आफ्नो जन्मदिनमा नेपाल पत्रकार महासंघलाई फ्रिज सहयोग गरेका
छन् ।
अधिकारीले जन्मदिनको अवसरमा शुक्रबार नेपाल पत्रकार
महासंघ तनहुँलाई फ्रिज सहयोग गरेका हुन् ।
अधिकारी विभिन्न संघ संस्था संग आबद्ध रहनुका साथै नेशनल इलेक्ट्रोनिक्सका प्रोपाइटर समेत हुन् ।
अनावश्यक खर्च गर्नुभन्दा सामाजिक संघसंस्थालाई सहयोग गरेर जन्मदिन मनाउन आफूलाई मन पर्ने अधिकारीले बताए ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले महासंघलाई सम्झिएर सहयोग गरेकामा अधिकारीप्रति आभार व्यक्त गरे ।



