वीरगन्ज । विश्व नारी दिवसको उपलक्ष्यमा पर्सा चिकित्सक श्रीमती संघ र फोरजीआर संस्थाको समन्वयमा पर्साको ग्रामीण भेगमा पर्ने वीरगंज महानगरपालिका वडा नम्बर ३० लालपर्सा हेल्थ पोष्टमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गर्दै संचालन गरीएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७ जना सेवाग्राहीले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । शिविरमा खासगरी उच्च रतmचाप , मधुमेह , ग्यास्ट्रिक , दात सम्बन्धी समस्या त्यस्तै महिला स्वास्थ्य तथा प्रजनन सम्बन्धी समस्या तथा बालबालिकाहरुको विभिन्न समस्या सम्बन्धि सम्बन्धित चिकित्सकहरुले चेकजाँच गरेका थिए ।

स्वास्थ्य जाँच गराउन आएकी ६५ वर्षिय सुशिला देवी आफ्नो खुट्टामा समस्या भएको हिड्न समेत समस्या भईरहेको बेला शहरको अस्पताल जान पैसा र समय दुवैको ख्याल गर्नपर्ने अवस्थामा आज संचालन गरीएको निशुल्क स्वास्थ्य शिविरले राहत प्रदन गरेको भन्दै खुशी व्यक्त गरीन् ।
संघकी सचिव निशा सिँहले ग्रामीण भेगका जनताहरुलाई चेकजाँचकै लागि शहर धाउन पर्ने बाध्यता तथा आर्थिक अवस्थाको ख्याल गर्दै स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने उद्देश्यले चिकित्सकहरुको टोलि सहित गाउँमै आईपुगेको बताईन् ।
त्यस्तै वडा नम्बर ३० का वडा अध्यक्ष मनोज कुमार यादवले पनि बेला बेलामा गाउँमै संचालन हुने यस्ता शिविरले ग्रामीण भेगका जनताहरु लाभान्वित हुँदै आएको बताए । त्यहाँ आएका सेवाग्राहीहरु पनि स्वास्थ्य जाँच सजिलै र निशुल्क रुपमा गराउन पाउँदा खुशी व्यतm गरेका छन् ।

शिविरमा वरिष्ठ फिजिसियन डा.निरज सिंह , डा.राम किशोर सिंह; , बाल रोग बिषेशज्ञ डा.अशोक दास , स्त्री रोग विषेशज्ञ डा. दिप्ती यादव , दन्त रोग विषेशज्ञ डा.सोनी झा र डा. प्रेरणा सिंहको टोलिले चेकजाँच गरेका थिए ।
शिविरमा पर्सा चिकित्सक संघकी अध्यक्ष श्रीमती नीता झा , कोषाध्यक्ष लुना बेनर्जि , सह सचिव पिया सिँह , निभा दास र कल्पना भगत लगायतले सहजीकरण गर्नुभएको संघकी सचिव श्रीमती निशा सिँहले जानकारी गराईन् ।







