Categories समाचार

सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण गर्न जनचेतना फैलाइदै

अन्जु कुमारी
पर्सा । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवन न्युनिकरण सम्बन्धमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिकाको आयोजनामा वडा नम्बर १६ नगवामा रहेको शहरी जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहयोगमा नगवाका स्थानीयवासीहरूलाई सुर्तीजन्य पदार्थ तथा मध्यपान सेवनको बेफाईदा तथा यसको न्युनिकरण सम्बन्धमा जानकारी गराईएको थियो ।

Advertisement

वीरगंज महानगरपालिका वडा नम्बर १६ की वडा सदस्य लवंगी देवी कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा नगवाका ४१ जना स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

Advertisement

वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक जहिर आलमले सहजीकरण गरेका थिए भने जनस्वास्थ्य निरिक्षक सुमन चन्द्र ठाकुरले स्थानीय सहभागीहरुलाई विषयवस्तुबारे अभिमुखिकरण गरेका थिए । कार्यक्रममा हेल्थ असिस्टेन्ट अरूण कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

आयोजित कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवन तथा नियन्त्रण र नियमन सम्बन्धि संदेश दिनुका साथै धुम्रपान तथा सुर्ती जन्य पदार्थ सेवन ,मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धूम्रपान तथा सुर्ती सेवनले सामाजिक, आर्थिक, सांस्कृतिक,बाल मनोसमाजिक क्रियाकलापमा समेत नाकारात्मक असर पार्ने भएकाले सो कार्यलाई नियन्त्रण गरि सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हित अभिबृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात उत्पादन, बिक्रि वितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने सम्बन्धमा कानूनी ब्यवस्था गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधानसभाले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) सम्बन्धि बनाईएको ऐन,२०६८ बारे पनि जानकारी गराईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *