Categories समाचार

ट्याक्टरको ठक्करबाट श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

वीरगन्ज । पर्सामा सोमबार दिउँसो ट्याक्टरले साइकललाई ठक्कर दिदाँ साइकलमा सवार एक बृद्धा महिलाको मृत्यु भएको छ ।

पर्साको पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ स्थित सडकमा सोमबार दिउँसो मे. १ त ४८१७ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको हो ।

Advertisement

ट्याक्टरको ठक्करबाट साईकलमा सवार पर्साकै धोविनी गाँउपालिका ३ गुलरिया घर भएकी ७२ वर्षिय महेसीया देवी हजराको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा साइकल चलाउने महेसीया देवीका श्रीमान प्रसाद हजरा गम्भिर घाइते भएका छन् । उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर र त्यसका चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *