Categories खेलकुद समाचार

प्रतियोगिताले दुबै देशको सम्बन्ध मजबुत बनाउँछ : महानगर प्रमुख सिंह

वीरगञ्ज । वीरगञ्जको आदर्शनगर रंगशालामा आजदेखि नेपाल भारत मैत्री पुरुष महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभयो ।

Advertisement

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले नेपाल भारत बीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

खेलमा हारजित सामान्य भएको भन्दै उहाँले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह पनि गर्नुभयो ।

आउँदो चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न ९ वटा महिला पुरुष टिमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन भारतको झारखण्ड, राजस्थान, युपी र जम्मु कश्मीरको टिम आइपुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *