Categories समाचार

७ विघा जग्गाको अतिक्रमण हटाईयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खोजि अभियानलाई मंगलबार पनि निरन्तरता दिएको छ ।

सोमबार वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा अतिक्रमण मुक्त गरेको टोलीले मंगलबार झण्डै ७ विघा भन्दा बढी सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको हो ।

Advertisement

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।

Advertisement

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।

सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

अतिक्रमित जग्गा  वडा नम्वर १७ का स्थानीयले भोगचलन गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताउनुभयो । 

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसँगै दुई दिनमा वडा नम्बर १९ को १२ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो । अतिक्रमित जग्गा खोजी अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।

हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताउनुभयो ।

अभियान अन्तर्गत सोमबार नगरप्रमुख सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, वडा नम्बर १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *