बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण कार्यक्रम बीरगन्जमा आज देखि शुरु गरेको छ ।
बीरगन्जमा छाडा कुकुरहरुको संख्या वृद्धि नियन्त्रण गर्न यो अभियान सुरु गरिएको बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो ।
छाडा कुकुरहरूलाई दैनिक संकलन गरि नेशनल ट्रेडिङमा बन्ध्याकरण गरिने गरिएको द जेन गुडअल ईन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले बताउनुभयो ।
मंगलबार ४० वटा छाडा कुकुर को बन्ध्याकरण र रेबीज खोप लगाइएको बताए । पहिलो चरणमा करीब १ हजार कुकुरको बन्ध्याकरण गरिने बुझिएको छ ।



