वीरगन्ज । सामाजिक संस्थाद्वारा एक सामुदायिक बिधालयमा चार थान वाटर फिल्टर जडान गरिएको छ ।
उपकार सेवा नेपालले बारा जिल्लाको गंज भवानीपुर स्थित रहेको श्री भोला माध्यमिक बिधालयमा चार थान वाटर फिल्टर जडान गराएको संस्था कि अध्यक्ष बिधा सरावगीले जानकारी गराउनु भयो ।
जडान गरिएको वाटर फिल्टर बिधालय परिसरमा एक कार्यक्रम गरि विधालयका प्रधानाध्यापक रामाकान्त गुप्तालाई संस्था कि अध्यक्ष सहितका पदाधिकारीहरुले हस्तान्तरण गरेका हुन ।
समाज बनाउन र भविष्यका कर्णधार तैयार भइरहेको संस्थालाई आफूहरु सहयोग गर्न पाउदा निकै राम्रो लागि रहेको र आउने दिनहरूमा पनि यस्ता गतिविधि निरन्तर जारी राख्ने सरावगीले बताइन् ।
बिधालयमै पुगेको सामाजिक संस्थाको टोलीलाई बिधालयका प्रधानाध्यापक गुप्ताले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि चाहिने सहयोगका लागि आशावादी रहेको जानकारी गराए ।
उपकार सेवा नेपाललाई समाजसेवी हेमन्त सरार्फ र विनय गुप्ताले वाटर फिल्टर निशुल्क उपलब्ध गराएका थिए ।
हस्तान्तरण कार्यक्रममा संस्था कि अध्यक्ष सरावगी, सज्जन अग्रवाल,अंकुर शर्मा लगायतको उपस्थिति रहेको थियो ।





