Categories समाचार

वीरगन्ज महानगरले १६ बिघा सार्वजनिक जग्गाकाे अतिक्रमण हटायाे

वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले १६ विगहा अतिक्रमित सार्वजनिक जग्गा खोजि गरि नक्शाङ्गन गरेको छ ।

सोमबार बीरगन्ज वडा नम्बर १९ मा ५ विघा ७ कट्ठा जग्गा , मंगलबार ७ विघा जग्गा गरि १२ बिगहा ७ कठ्ठा अतिक्रमित सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको थियोे र बुधबार ४ बिगहा थप अतिक्रमित जग्गाको पहिचान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । अतिक्रमित जग्गाको थप खोजी गर्न प्राविधिक को समूह खटाएर पहिचान गर्ने र त्यसको घेरा गरि संरक्षण गरिने पौडेलले बताए ।

Advertisement

बुधबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले अतिक्रमित जग्गाको स्थलगत अनुगमन गरेका छन् । सिंहले अतिक्रमित जग्गाको अनुगमन पछि जिपिएस प्रबिधिबाट नाप नक्शा छुट्टयाइ घेरा गर्ने र थप अतिक्रमित जग्गाको खोजी निरन्तर गरिने बताए । उनले वीरगन्जको आइ सि पीको पश्चिम पट्टि को यो जग्गा चाडै सार्वजनिक उपयोगमा ल्याउने बताए।

Advertisement

स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले धमाधम आफ्नो नियन्त्रणमा ल्याउने क्रमलाई जारी राखेको छ ।

बुधबार पनि वीरगन्ज महानगर पालिकाका मेयर राजेश मान सिंह , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल ,वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसिया , वडा न १७ का वडा अध्यक्ष सन्जु छतकुली , प्रेस सल्लाहकार महेश दास , मेयरको सचिवालयका हरि पोखरेल, सत्यराज घिमिरे सहित प्राविधिकहरुको टोलीले अनुगमन गरेको छ ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत गरेको छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *