Categories समाचार

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

Advertisement

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो।

Advertisement

हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ ।

Advertisement

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थको नयाँ मूल्य सूचीबारे के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गरिने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *