Categories समाचार

प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल पुनः सञ्चालनमा

Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर अकाउन्ट ह्याकरको पन्जाबाट मुक्त भएको छ । बुधबारदेखि ह्याक भएको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल पीएम नेपाल पुनः सञ्चालनमा आएको हो । 

‘हिजो १५ मार्च बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ । 

Advertisement

ट्विटर ह्याण्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको सचिवालयको भनाइ छ । 

Advertisement

यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने भन्दै सचिवालयले यसबारेमा प्रकट भएका चिन्ता, चासो र सुझावका लागि सबैमा  हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *