Rato Pana
खेलकुद

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालसँग संयुक्त अरब इमिरेट्स (यूएई) पराजित भएको छ । ३११ रनको विशाल लक्ष्य पाएको नेपालले यूएईलाई ९ रनले हराएको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनाएको थियो । यद्यपि, खेल खेलाउन अँध्यारो ‘ब्याक लाइट’ भएका कारण खेल डकवर्थ लुइस प्रणालीमा पुगेको थियो ।

नेपालका लागि कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाले अर्धशतक प्रहार गरे । यस्तै, पहिले ब्याटिङ गरेको युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिएका हुन ।

त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

सम्वन्धित समाचार

Leave a Comment