Categories समाचार

सौराहामा संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम सुरु

Advertisement

साैराहा । चितवनको सौराहामा नेपाल पत्रकार महासंघ पर्साकाे आयाेजनामा संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम बिहीबारदेखि सुरु भएको छ ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा आयाेजित तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका हुन् ।

Advertisement

तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरिएकाे बताए ।त्यसकारण याे तालिमलाई अवसरको रुपमा लिन तालिममा सहभागी पर्साका सन्चारकर्मीलाई उनले सुझाव पनि दिए।

Advertisement

उननले तीन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम ,प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी ,प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल , प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल , समाजवादी प्रेस संगठन नेपालका शम्भु सुमन लगायतकाे पनि उपस्थिति थियाे ।

तालिममा शुक्रबारको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिनेछन् । तीन दिने तालिममा पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *