Categories समाचार

बहुदरमाई नगरकार्यपालिका : आ.व. ०७९/०८० को दोस्रो नगरसभा सम्पन्न

Advertisement

रामजी यादव

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका नगरकार्यपालिकाको कार्यालय डोकैला बहुअरीमा आ.व.२०७९/०८० को दोस्रो नगरसभा कार्यक्रम आज सम्पन्न भएको छ।

Advertisement

बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साह तेलीको प्रमुख आतिथ्यमा भएको नगरसभामा बहुदरमाई नगरपालिका अन्तर्गतका नौ वटा वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा वडासदस्यहरुले बजेट बिनियोजन तथा योजनाको बारेमा नगरप्रमुख समक्ष आ-आफ्नो गुनासो पोखेका थिए।

Advertisement

बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले बिभिन्न जनप्रतिनिधिहरुको गुनासोलाई मध्यनजर गरि छिटो समाधान हुने आस्वासन दिनु भयो। बहुदरमाई नगरपालिकाका नगरप्रमुख तेली समक्ष बिभिन्न जनप्रतिनिधिहरुले बजेट तथा योजनाको बारेमा आ-आफ्नो धारणा राखेका थिए।

नगरप्रमुख साहले बिभिन्न जनप्रतिनिधिको गुनासोलाई मध्यनजर गरि छिटो समस्या समाधान गरिने बताए। बहुदरमाई नगरपालिका नगरकार्यपालिका कार्यालय डोकैला बहुअरीमा भएको नवौं नगरसभा, आ.व.२०७९/०८० को दोस्रो नगरसभा कार्यक्रममा बहुदरमाई नगरपालिकाका उप-प्रमुख सुस्मा कुमारी कुशवाहा ,सह लेखापाल हरि प्र.कुर्मी,योजना शाखा प्रमुख रामअयोध्या साह, ईन्जिनियर ईश्वरदेव यादव,लगायत वडा सचिव,वडासदस्यहरुको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *