Categories समाचार

स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु, चालक नियन्त्रणमा

वीरगन्ज । बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ ।

मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह साेनार रहेका छन् ।

वीरगन्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिएका बालककाे घटनास्थलमै मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *