Categories शिक्षा समाचार

बीडीएस शैक्षिक कार्यक्रममा छुट्याएको सिट भन्दा १ हजार ९०३ बढी विद्यार्थी उतीर्ण

Advertisement

काठमाडौं । चिकित्सा शिक्षा आयोगले बीडीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।

आयोगले फागुन २५ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको बीडीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्याभन्दा १ हजार ९०३ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् ।

Advertisement

आयोगको नतिजा अनुसार बीडीएस एकीकृत प्रवेश परीक्षामा २ हजार ४६३ जना बीडीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।

Advertisement

बीडीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका विभिन्न १४ शिक्षण संस्थालाई ५६० सिट छुट्याएको छ । ती सिटको लागि आयोगले फागुन २५ गते एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

आयोगको नतिजा अनुसार दुई हजार ४६३ जना परीक्षार्थी बीडीएस अध्ययनका लागि योग्य भएका छन् । आयोगको नतिजा अनुसार तोकिएको सिट संख्या भन्दा १ हजार ९०३ जना बढी विद्यार्थी अध्ययनका लागि योग्य भएका छन् ।

आयोगले गत वर्षदेखि एकीकृत प्रवेश परीक्षा पसञ्चालन कार्यविधि, २०७७ संशोधन गरेर ‘पर्सेन्टाइल’ प्रणाली लागू गरिरहेको छ । यस अघि आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ अनुसार दुई सय पूर्णाङ्कमा सञ्चालित परीक्षामा न्यूनतम एक सय अंक अर्थात् ५० प्रतिशत अंक ल्याउनेले मात्र चिकित्सा शिक्षा भर्ना गर्न पाउने व्यवस्था थियो ।

यो व्यवस्थाले नर्सिङ, फार्मेसीलगायत विषयमा मेडिकल कलेजका लागि तोकिएको सिट संख्याको आधा भन्दा कम विद्यार्थी योग्य भएपछि कार्यविधि संशोधन गरी ‘पर्सेन्टाइल’ प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

आयोगको अनुसार परीक्षामा मर्याता विपरीत कार्य गर्ने एक जनाको परीक्षा रद्द गरिएको छ । त्यस्तैगरी उत्तरपुस्तिकामा रोल नम्बरमा बबल बिगारेका ४१ जना विद्यार्थीको र उत्तरपुस्तिकामा क्वेसन सेट र रोल नम्बर दुवैमा बबल बिगारेका ३ जना विद्यार्थीको पनि उत्तरपुस्तिकाहरु रद्द गरिएको छ ।

नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले चैत ८ गते बिहान १० बजेदेखि चैत १० गते अपरान्ह ५ बजेभित्र आयोगको इमेल मार्फत निवेदन पेश गर्न सक्ने आयोगले जनाएको छ । साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *