Categories समाचार

केयर नेपालको आयोजनामा पालिका स्तरीय बस्तु स्थिती बिश्लेषण कार्यक्रम सम्पन्न

Advertisement

रामजी यादव

वीरगन्ज । बहुदरमाई नगरपालिकाको सभाहलमा केयर नेपालको आयोजनामा USAID Adolescent Reproductive Health द्वारा नगर/पालिका स्तरीय बस्तु स्थिती बिश्लेषण कार्यक्रम आज सम्पन्न भएको छ।

Advertisement

बहुदरमाई नगरपालिकाका नगरप्रमुख सिगांसन साह तेलीको अध्यक्षत्ता तथा प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बहुदरमाई नगरपालिकाका एक देखि नौ सम्मका वडाको नक्साको आधारमा बस्तु स्थीती बारेमा पालैपालो गरि वडाध्यक्ष जनप्रतिनिधीसंग प्रशिक्षकहरुले जानकारी लिएका थिए।

Advertisement

केयर नेपाल, नेपाल सि.आर. एस.कम्पनीको आयोजनामा तथा दिब्य युवा क्लब बिरंचीबर्वाको समन्वयमा नगर /पालिका स्तरीय बस्तु स्थीती बिश्लेषण कार्यक्रममा बहुदरमाई नगरपालिका अन्तर्गतको १ देखि ९ वडासम्मका वडाध्यक्षहरुलाई बस्तु स्थीतीको बारेमा जिल्ला प्रोजेक्ट कोडिनेटर सुरेन्द्र चौरसियाले जानकारी लिई प्रशिक्षण दिनु भएको थियो ।

सो कार्यक्रममा दिब्य युवा क्लबका प्रबन्धक निर्देशक रामाकान्त प्र.कुर्मी, प्रोजेक्ट अफिसर बिष्णु पटेल, मुल्यांकन अधिकृत भगवान दास,प्रशिक्षक प्रियांका सुबेदी,पालिका संयोजक द्रन्ता अधिकारी,अकलेश साह लगायत वडाध्यक्ष जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *