Categories समाचार

दुई प्रतिस्पर्धीलाई हराउँदै यादव उपराष्ट्रपतिमा निर्वाचित

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो (कार्यकालको हिसाबले चौँथो) राष्ट्रपति बनेका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई हराउँदै उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Advertisement

शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।

Advertisement

उपराष्ट्रपति निर्वाचनमा कूल ८२९ मत खसेको निर्वाचन आयोगले जनाएको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ जना सांसदले मतदान गरेका थिए ।

संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरे भने प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरे।

सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *