सर्लाही । सर्लाहीको गोडैतास्थित उद्योग वाणिज्य संघ गोडैताका अध्यक्ष उपेन्द्र हजारी मृत भेटिएका छन् । हजारी शनिबार दिउँसो लहरी रोपेको खेतमा मृत अवस्थामा फेला परेका हुन् ।
शुक्रबार साँझ गोडैता–७ स्थित घरबाट सामान्य अवस्थामा हिँडेका हजारीको शव शनिबार दिउँसो लहरिबारिमा लडेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
वर्षी ४५ का हजारीको मुखबाट रगत आइरहेको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटना भएको खबरा पाए लगत्तै प्रहरी परिचालन गरिएको र अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर पनि मगाएको उपरीक्षक सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार शनिबार दिउँसो महिलाहरु घाँस काट्न गएका बेला शव देखेपछि प्रहरीलाई जानकारी आएको हो ।
मृतकका परिवारले हजारी शुक्रबार साँझ घरबाट बाहिर गएको र हजारीको रातिदेखि नै मोबाइल स्विच अफ भएलगत्तै मृतकका परिवारले सर्लाही प्रहरीलाई जानकारी गराएका थिए । मृत्युकाे कारण खुल्न सकेकाे छैन । साभार : न्युज २४







