Categories खेलकुद समाचार

कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लबलाई

Advertisement

वीरगन्ज । वीरगन्ज २१ परवानीपुरमा आयाेजित कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकपको उपाधी वीरगन्ज युनाईटेड क्लब जितेकाे छ ।

परवानीपुर खेल मैदानमा शनिबार भएको फाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ५-० गाेलकाे फराकिलाे अन्तरले हराउँदै वीरगन्ज युनाईटेड क्लब वीरगन्जले उपाधि उचालेको हो ।

Advertisement

उपाधी विजेता वीरगन्ज युनाईटड क्लब वीरगन्जले नगद १ लाख ५० हजार रुपैयाँ र उपविजेता जनकपुरले नगद ७५ हजार रुपैयाँ सहित शिल्ड तथा मेडल प्राप्त गरेको छ ।

Advertisement

विजेता र उपविजेता टिमलाई लाेसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनल र परवानीपुर गाँउपालिका अध्यक्ष राम कुर्मी क्षेत्रीले पुरस्कार प्रदान गरेका थिए ।

फाइनल खेलको म्यान अफ दि म्याच वीरगन्ज युनाईटड क्लब वीरगन्जका चतुरधन चौधरीले र म्यान आफ दि सिरिज अभिशेख चौधरी घाेषित भए।

प्रतियोगीतामा वीरगन्ज युनाईटेड क्लब वीरगन्जका विकाश चौधरीले बेस्ट डिफेन्डर , दिलमणी चौधरी वेस्ट गोलकिपरको पुरस्कार पाए। यस्तै जनकपुर स्पोर्ट क्लबका खेलाडी राकेश यादवले बेस्ट फरवार्डको पुरस्कार पाए । जनकपुर स्पोर्ट क्लब जकनपुरका खेलाडी संजय मगरले मिड फिल्डरको पुरस्कार पाए । यस्तै वेस्ट काेच वीरगन्ज युनाईटेड क्लबका मुन्ना चौचारीले घाेषित भए ।

आयाेजक परवानीपुर युथ क्लबका अनुसार प्रतियोगितामा मधेस प्रदेशका ६ वटा र बागमती प्रदेशका २ वटा गरी ८ टिमको सहभागीता थियाे।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *