Categories समाचार

मधेश सरकारले ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गर्दै

Advertisement

जनकपुरधाम । मधेश सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिरहेको छ ।

शिक्षा विकास निर्देशनालयमार्फत आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो ।

Advertisement

मधेश प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेश प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण गरिरहेको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

Advertisement

‘मधेश प्रदेश नामाकरण भएपछि सो अवसरमा केही गरेर संदेश दिनु पर्‍यो भन्ने मधेश सरकारको सोच थियो । पछि झोला वितरण गरेर नै मधेश प्रदेशको प्रचारप्रसार उपयुक्त र विद्यार्थीलाई प्रोत्साह पनि हुन्छ ठानेर चलु आर्थिक वर्षको लागि सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो,’ निदेर्शशक फुयालले भने, ‘त्यही अनुासर खरिद गरेर कक्षा ९ का विद्यार्थीलाई वितरण गर्दै छौं ।’

गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।

निर्देशक फुयालका अनुसार सप्तरीका ८६ विद्यालयमा ९ हजार ९८१ वटा, सिरहाका ८७ विद्यालयमा १० हजार ८००, धनुषाका ९४ विद्यालयमा ११ हजार ९८३, महोत्तरीका ९७ विद्यालयमा ११ हजार ७६ वटा र सर्लाहीका ९७ विद्यालयका १२ हजार ३८९ वटा झोला वितरण गरिएको हो ।

‘मधेश प्रदेश सरकार, समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, जनकपुरधाम धनुषा, कक्षा ९ का विद्यार्थीलाई ज्योमेट्रीबक्ससहितको झोला वितरण कार्यक्रम’ सबै झोला र ज्योमेट्रीबक्समा उल्लेख छ ।

चालु आर्थिक वर्षको ६ करोड बजेटबाट बोलपत्र मार्फत निर्देशनालयले न्यूँ आननन्द डिजाइनर कम्पनीबाट ज्योमेट्रीबक्सहितको ८६ हजार ५२३ झोला ५ करोड ८ लाख ७५ हजार ५२४ मा खरिद गरेको छ ।

आपूर्तिकर्ता कम्पनीले नै सबै जिल्लाको सदरमुकममा विद्यालयहरुका लागि झोला आपूर्ति गरिदिने गरेको निर्देशनालयले जनाएको छ । ज्योमेट्रीबक्ससहित प्रति झोला ५८८ रुपैयाँ खरिद मूल्य परेको छ । साभार

फाइल फोटो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *