Categories समाचार

पाँच वर्ष कुर्दिन, तीन वर्ष भित्रै वीरगन्जलाई व्यवस्थित गरेर देखाउछु : मेयर सिंह

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले जनतामा भ्र्म फैलाउने खालको पत्रकारीता नगर्न सन्चारकर्मीहरुसंग आग्रह गरेका छन् । वीरगन्ज महानगरको सहयोगमा नेपाल पत्रकार महासंघ पर्साले आयोजना गरेको तीन दिने पत्रकारीता तालिममा सहभागि सन्चारकर्मीहरुलाई आइतबार प्रमाणपत्र वितरण गर्दै मेयर सिंहले यस्तो आग्रह गरेका हुन् ।

उनले भने ,‘ गलतलाई सहि र सहिलाई गलत बनाएर समाचार लेख्ने प्रवृति पनि छ , यसले जनतालाई सत्यतथ्य सूचना भन्दा पनि भ्रमित पार्ने काम हुन्छ , यस्तो पत्रकारीता नगरिदनुस् भन्ने मेरो आग्रह छ ।

Advertisement

उनले समाजमा रहेका विकृति र सरकारी निकायका बेथिती उजागर गर्न पत्रकारको महत्वपूर्ण भूमीका रहने भएकाले कसैको दबाब र प्रभावमा नपरि पत्रकारीता गर्न आग्रह पनि गरे । मेयर सिंहले भने,‘ यदि महानगरमा पनि केहि गलत भएको पाउनु हुन्छ भने सिधा मलाई भन्नुहोला यदि मैले त्यसलाई सुधार गरिन भने निर्धक्क भएर त्यस विरुद्ध लेख्नुहोला ।

Advertisement

उनले आफु महानगरको मेयरमा निर्वाचित भएको ३ वर्ष भित्रमै वीरगन्ज महानगरलाई व्यवस्थित बनाउनने योजना र लक्ष्य लिएर काम गरिरहेको बताए ।

उनले भने,‘ म पाँच वर्ष कुर्दिन , तीन वर्ष भित्रै यो वीरगन्ज शहरलाई व्यवस्थित र अरुले पनि अनुकरण गर्ने गरि उदाहरणीय काम गरेर देखाउछु , त्यसका लागि आफु दिनरात नभनिकन लागि रहेको छु । त्यसको अनुभूती आफु निर्वाचित भएको एक वर्ष भित्रै अर्थात आगामी बैशाख भित्रमै यहाका जनताले गर्न पाउने पनि उनले बताए ।

उनले वीरगन्ज सहित पर्सा जिल्लाभरकै पत्रकारहरुको सिप , दक्षता वृद्धिमा महानगरले आगामी दिनमा पनि पत्रकार महासंघ पर्सासंग सहकार्य गर्दै जाने पनि बताए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको प्रमाणपत्र वितरण कार्यक्रममा मेयर सिंहका प्रेस सल्लाहकार महेश दास , पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडड्का लागायतको पनि सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *