Rato Pana
समाचार

वीरगन्जमा चैत ९ गते देखि भाटभटेनी सुपर मार्केट सन्चालन हुने

वीरगन्ज । वीरगन्जमा पनि भाटभटेनी सुपरमार्केट सन्चालनमा आउने भएको छ । मधेस प्रदेशकै पहिलो स्टोरका रुपमा वीरगन्जमा यहि चैत ९ गते देखि भाटभटेनी सुपर मार्केट सन्चालनमा आउन लागेको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको छेउमा निर्माण गरिएको भाटभटेनी सुपर मार्केटको चैत ९ गते समुद्घाटन गरिने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

वीरगन्जमा भाटभटेनीको २४ आौं स्टोर सन्चालनमा ल्याउन लागिएको उनले बताए । यसअघि भाटभटेनीले देशभरका विभिन्न शहरमा गरि २३ वटा स्टोर सञ्चालनमा ल्याइसकेको छ । वीरगन्जमा पनि अन्र्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले भाटभटेनीको सेवा विस्तार गरिएको गुरुङले बताऐ ।

वीरगन्जमा सन्चालनमा ल्याउन लागिएको स्टोरको लागत २ अर्ब ५० करोडको रहेको जानकारी दिदै उनले यो स्टोरमा करिब २५० जना स्थानियले रोजगार पनि प्राप्त गर्ने बताए । गुरुङले भने‘ स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो ।

उनले देशको मुख्य औद्योगिक नगरि तथा मधेस प्रदेशको सबैभन्दा ठुलो शहर वीरगन्जबाट भाटभटेनी सुपरमार्केटको सेवा सुरु गर्न पाउँदा खुशी लागेको पनि बताए । उनले,‘ हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन ,स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं , स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं ।

भाटभटेनी सुपरमार्केटको स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने व्यवस्थापक विनोद भट्टराईले बताए ।

वीरगन्जको स्टोर ंसंचालनबाट यँहाका स्थानियले मात्र नभई छिमेकी मुलुक भारतका सिमावर्ति शहरका आम सर्वसाधारण समेत लाभान्वित हुने उनले बताए ।व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरीको सुविधा पनि रहेको जानकारी दिए ।

वीरगंज महानगर–१४ गण्डक, बहुअरिमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा स्टोर निर्माण सम्पन्न हुन लागेको स्टोरमा २ लाख ५० हजार स्क्वायर फिटको सपिङ स्पेस रहेको तथा अण्डरग्राउण्ड बेसमेन्ट पार्र्किङ सहित ७ तल्लाको भवन रहेको छ । यो स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्य भवन तथा सपिङ स्पेसको हिसाबले सबै भन्दा ठुलो रहेको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक भट्टराईले बताए ।

फाइल फोटो

सम्वन्धित समाचार

Leave a Comment