Categories समाचार

महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक तीन दिन “रात्री बजार” लाग्ने

पर्सा । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने भएको छ ।

वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहले लिएको संकल्प पूरा गर्न पहल गर्दै “रात्री बजार” लगाउन योजना बनेको प्रमुख सिंकका स्वकीय सचिव सत्यराज धिमिरेले जानकारी गराए ।

Advertisement

प्रमुख सिंहको सचिवालयको आधिकारिक फेसबुक पेजमा फोटो सार्वजनिक गर्दै चैत ३० गते बेलुका देखि बैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म “रात्री बजार” लगाइने बताइएको छ ।

Advertisement

आर्थिक नगरी भनेर वीरगञ्जलाई चिनिए पनि हालसम्म “रात्रि बजार” को अवधारणा लयाइएको थिएन । व्यवसायीक रुपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित बजार चलायमान बनाउन महानगरको आयोजनामा पहिलो पटक “रात्री बजार” लगाउने जमर्को भइरहेको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।

सो “रात्री बजार” मा विभिन्न ठाउका विशेष खाने परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाकुडा लगायतका सरसामान पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तनदुरी चायको शुरुआत गरिने प्रमुख सिंहले जानकारी गराए ।

रात्री बजारको आयोजना गर्दा अवसर र चुनौती बारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ संदेश सहित सफलता प्राप्त भए लामो समय सम्म बजार लगाउन सकिने भएकोले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणा सहित लाग्ने बजारमा सहभागी भइ सफल बनाउन प्रमुख सिंहले अपिल गरे ।

सो रात्री बजारको वीरगञ्ज महानगरपालिका आयोजक र ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, वीरगञ्ज चेपटर, वीरगञ्ज साइकलिंग क्लब, ओमेन्स क्रिएसन, फोरजिआर संस्थाहरु स- आयोजक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *