Categories समाचार

प्रधानमन्त्री प्रचण्डले पाए दोस्रोपटक विश्वासको मत, विपक्षमा ८९ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक विश्वासको मत पाएका छन् । सोमबार संसदमा विश्वासको मत मागेका प्रचण्डले पक्षमा १७२ मत पाए भने विपक्षमा ८९ मत पाए । यस्तै, दिन्न भन्नेमा एक मत पाएका छन् ।

२६२ जना संसदमा उपस्थित थिए ।

Advertisement

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले तीन महिना पुग्दा नपुग्दै दोस्रो पटक विश्वासको मत लिएका हुन्।

Advertisement

त्यतिबेला नेपाली कांग्रेस, नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका थिए । तर, एमाले, राप्रपासहितका दलले समर्थन फिर्ता लिएपछि पुनः प्रचण्डले विश्वासको मत लिनुपर्ने भएको हो ।

अहिले कांग्रेससहितका अन्य दलको समर्थनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका छन् । एमाले प्रतिपक्षको बेन्चमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *