Categories समाचार

वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघले गर्यो तालाबन्दी

वीरगन्ज । वीरगन्ज ४ विर्ता स्थित वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर नेविसंघले तालाबन्दी गरेको छ ।

आइतबार भएको स्ववियु चुनावमा एक सदस्य बाहेक सभापति सहित पदाधिकारी र सदस्यहरुमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन् ।

Advertisement

तर नेविसंघले भने चुनावमा क्याम्पस प्रमुखले नै धाँधली गरेको भन्दै क्याम्पस प्रमुख जमुना भट्टराईको राजीनामा माग गर्नुका साथै क्याम्पस प्रमुखको कार्यकक्ष र क्याम्पस प्रशासन शाखामा सोमबार तालाबन्दी गरेको हो ।

Advertisement

स्ववियु निर्वाचनमा उम्मेदवारी मनोनयनको समयदेखि नै क्याम्पस प्रमुखको भूमिका शंकास्पद रहेको आरोप पनि नेविसंघले लगाएको छ । नेविसंघले सोमबार एक विज्ञप्ति पनि जारी गर्दै अनेरास्ववियुका उम्मेदवारले समय सकिएपछि मात्र मनोनयन दर्ता गराएको, क्याम्पस प्रमुख भट्टराईले राति राति होस्टलमा गएर अनेरास्ववियुका उम्मेदवारलाई मत दिन विधार्थीलाई दबाब दिएको जनाएको छ ।धाँधली गरि गरिएको निर्वाचन बदर गरि पुन निष्पक्ष निर्वाचन गराउन पनि नेविसंघले माग गरेको छ ।

यता क्याम्पस प्रमुख भट्टराईले भने आफूले विद्यार्थीसँग अनेरास्ववियुका लागि भोट नमागेको दाबी गरिन् । स्ववियु निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उनको दाबी छ । उनले भनिन्, ‘मैले कसैसँग पनि भोट मागेको छैन, अनुसन्धान गर्दा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *