Categories समाचार

काठमाण्डुमे हम्मर कौनो कामे नईखे घरे जायम त गाईके रेखदेख करेम : उपराष्ट्रपति पत्नी चम्पा

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार पद तथा गोपनियताको शपथ लिन राष्ट्रपति भवन शीतल निवास पुग्दा श्रीमती चम्पादेवीसँगै थिइन् ।

तामझामका साथ सुरक्षा घेराभित्र बसेर शीतल निवास छिरेकी चम्पाको ध्यान भने आज घर (कलैया) फर्किन नपाइने हो कि भन्ने चिन्ता थियो ।

Advertisement

शनिबार काठमाडौं आइपुगेकी चम्पा देवी उपराष्ट्रपति यादवसँग घरीघरी छिट्टै कलैया फर्किने माग गर्दै थिइन् । शपथ ग्रहण कार्यक्रम सकेपछि नाइट बस चढेरै सिधै कलैया जाने योजना थियो ।

Advertisement

छोरा शत्रुधन यादवले सम्झाए । मंगलबार टुडिखेलमा हुने घोडेजात्रा हेरेर मात्रै कलैया फर्किने भनेपछि उनी थप एकदिन काठमाडौंमै बस्न राजी भइन् ।

शपथ ग्रहण कार्यक्रममा पनि चम्पादेवी घरमा पालेको गाई, खेतबारी, घरवारको चिन्ता गर्दै थिइन् । ‘घरे लगेके एक आदमीले गाईके खिआ देवेला आ गोठमे बाध देवेके कहके आईल बानी । हमरा काठमाण्डुमे अईला तीन दिन होगैल, गाई खईलख की ना खईलख, कैईसन बा ईहा खाली रहलासे नाहोई ।’

उनले भोजपुरी भाषामा कुरा गर्दै भनिन् ‘ओहीसे जायला कहतानी’ चम्पाले राजधानीसँग भनिन्, ‘काठमाण्डुमे हम्मर कौनो कामे नईखे । घरे जायम त गाईके रेखदेख करेम, खेतवारी देखेम ।’

 यो खबर राजधानी दैनिकमा छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *