Categories समाचार

गायक एंव साहित्यकार गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त

वीरगन्ज । बाराको सिम्रौनगढ नगरपालिका निवासी गायक एंव साहित्यकार गोपाल ठाकुर भाषा आयोगको अध्यक्षमा नियुक्त भएका छन् ।

भाषाविद् समेत रहेका ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा ठाकुरलाई नियुक्त गरेको हो ।

Advertisement

आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *