Categories समाचार

गाउँनै आतंकित बनाएको चितुवा नियन्त्रणमा

वीरगन्ज । पर्साको पोखरिया नगरपालिका ५ सतवरियामा आज बिहानै चितुवा पसेदेखि चितुवाको आतंकले गाउँनै त्रसित बनेको थियो । बिहानैदेखि विभिन्न प्रयास गर्दा समेत सो चितुवालाइ नियन्त्रणमा लिन नसकेपछि चितवन बाट विशेष टोली बोलाइयो ।

चितवनबाट आएको टोलीले कच्ची घरमा लुकेर बसिरहेको अवस्थामा चितुवालाई नियन्त्रणमा लिन सफल भएको स्थानीयले बताएका छन् ।

Advertisement

जिल्ला वन कार्यालय, जनपद प्रहरी र सशस्त्र प्रहरीले विहानैदेखी संयुक्त प्रयास गर्दा समेत नियन्त्रणमा लिन नसकिएकोले चितवनको प्राविधिक टोली बोलाउनु परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम के सीले बताए ।

Advertisement

सो चितुवाले पोखरिया नगरपालिका ४ बसने वर्ष ३० का दिलमहमद मिया, ३९ वर्षीय जोगिंद्र साह तेली र इलाका प्रहरी कार्यालय पोखरियामा कार्यरत प्रहरी जवान सुचिंद्र प्रसाद यादव लाई घाइते बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *