Categories समाचार

वीरगन्जमा “बाली स्वास्थ्य उपचार शिविर” सम्पन्न, तरकारी र आँपमा धेरै समस्या

वीरगन्ज । कृषकहरूको समस्यालाई समाधान गर्न वीरगन्ज महानगरपालिकाले बुधबार बाली स्वास्थ्य उपचार शिविरको आयोजना गरेको हो ।

महानगरले आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यक्रम अनुसार शिविर आयोजना गरि बालीनालीमा लाग्ने रोगहरुका कारण कृषकलाई हुने समस्या समाधानका लागि पहल गरिएको  महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

Advertisement

प्रमुख सिंहले चुनावताका भाषणहरुमा आफू निर्वाचित भए कृषकको जायज समस्या समाधान गर्न कहिले पछाडि नहट्ने भनेका थिए ।

Advertisement

परवानीपुर खेल मैदानमा विहान १० बजे देखि साझ ५ बजे सम्म चलेको शिविरमम लगभग १६० जना कृषकले विभिन्न बालीको समस्या लिएर आएको र जैविक विषादी लगायत रासायनिक विषादी तथा सुक्ष्म पोषक तत्वहरू र बिरुवा वृद्धि नियामकहरू उपलब्ध गराइएको वीरगन्ज महानगरपालिका कि कृषि अधिकृत उर्मिला श्रेष्ठले जानकारी गराइन ।

कृषकहरूले शिविरमा आ-आफ्नो बाली नालीको डाँठ, पात, जरा (समस्या भएको भाग ) वा फोटो लिएर आए बमोजिम रोग र समस्या अनुसारको समाधान गरिएको कृषि अधिकृत श्रेष्ठले बताइन् ।

तरकारी र आँपमा धेरै समस्या पाइएको थियो ।

शिविरमा बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र, बाराका समसुल हक मिया, वीरगन्ज महानगरपालिका कि कृषि अधिकृत उर्मिला श्रेष्ठ, ना. प्रा.स. सलिना क्षेत्री, कृषि ज्ञान केन्द्र पर्साबाट पनि कृषि स्नातक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *