Categories समाचार

तोलामा रु. १२ सयले सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *