काठमाडौं । भारतको एउटा अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ ।
सुरतको अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानी सम्बन्धी मुद्दामा राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले राहुल गान्धीलाई यो सजायविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ ।
सन् २०१९ मा राहुल गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा परेको थियो । साभार : अनलाइनखबर





