Categories समाचार

जङ्गली जनावरका लागि थापिएको करेन्टमा परी एक जनाको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीमा जङ्गली जनावरका लागि थापिएको करेन्टमा परी एक जनाको मृत्यु भएको छ ।

भारतीय सीमावर्ती क्षेत्रस्थित बलरा नगरपालिका–५, कोइरी टोलका ५० वर्षीय रामअक्षय महतो कोइरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Advertisement

रामअक्षयलाई राति पिसाब फेर्न जाँदा छिमेकीको मकै बारी घेरेर थापिएको विद्युतीय करेन्टमा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

Advertisement

घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *