Categories समाचार

सामुदायिक विद्यालयकाे शैक्षिक सुधारका लागि महानगर लागिपरेकाे छ : प्रमुख सिंह

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर र भाैतिक पुर्वाधार सुधारका लागि महानगर लागिपरेकाे बताएका छन् ।

बिहीबार वीरगन्जकाे सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा सडककाे शिलान्यास गर्दै मेयर सिंहले सामुदायिक विद्यालयकाे सुधार र विकास आफ्नो प्राथमिकतामा रहेकाे बताए ।उनले महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा आवश्यक भाैतिक पुर्वाधार र जनशक्ति कमी हुन नदिने भएकाले अध्यनमा ध्यान दिन विद्यार्थीहरुलाई सुझाव पनि दिए ।

Advertisement

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रलाल संघाइले मेयर सिंहलाई दाेशल्ला ओढाएर सम्मानित पनि गरेका थिए ।

Advertisement

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, स्थानीय अगुवा शीवशंकर पटेल, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास लगायतको पनि उपस्थिति थियाे ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *