वीरगञ्ज । बिल बिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडाहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू वीरगञ्जबाट चितवनतर्फ लैजादै गरेको सूचना को आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले हिजो राती अन्दाजी २३:४५ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ घण्टाघर स्थित सडकखण्डबाट जय बजरंगवली ट्रान्सपोर्टको ना.२ ख ८६४८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।
उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा तथा लत्ताकपडाहरू अन्दाजी रू.१८,७८,३९१ ।– (अठार लाख अठहत्तर हजार तिन सय एकान्वे ) बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।





