Categories समाचार

पोखरिया बाट नियन्त्रणमा लिएको चितुवालाइ पर्सा राष्ट्रिय निकुञ्जमा छोडियो ।

Advertisement

वीरगन्ज । पोखरिया नगरपालिका–५ सतवरियाबाट हिजो बुधबार उद्धार गरिएको चितुवालाई आज बिहीबार पर्सा राष्ट्रिय निकुन्जमा छोडिएको छ । निकुन्ज आधाभार कार्यालयका सूचना अधिकृत सूर्य खड्काका अनुसार, करिब ५ वर्ष उमेरको भाले चितुवालाई बिहीबार बिहान साढे ८ बजेतिर निकुन्जको आधाभार कार्यालयबाट करिब ६ किमि उत्तर–पश्चिम निकुन्जको कोर क्षेत्रमा छोडिएको हो ।

त्यस भेगमा चितुवा धेरै संख्यामा देखिने गरेको उनले बताए । मैले पनि त्यस क्षेत्रमा धेरै पटक चितुवा देखेको छु ,यो चितुवा खासै घाइते छैन, पूर्ण स्वस्थ अवस्थामा छ साथै निकुन्जमा चितुवाको गणना गर्ने चलन नरहे पनि आहारा प्रजाति भएको निकुन्जको क्षेत्रमा चितुवा प्रशस्त देखिने गरेको खड्का बताउँछन् ।
चितुवाको प्रमुख आहारा प्रजातिमा हरिण, जरायो र चित्तल आदि मानिन्छ ।

Advertisement

घाँसे मैदान भएको क्षेत्रमा यी आहारा प्रजातिका वन्यजन्तु बढी बस्ने र चितुवा पनि त्यसै वरपर बस्ने गर्छ । बाघजस्तो ठूलो क्षेत्र बनाएर बस्न नपर्ने चितुवा स-सानो झाडीमा पनि सहजै बस्न सक्ने खड्का बताउँछन् । ‘यो चितुवा पनि रातको समयमा झाडी हुँदै मानव बस्तीमा प्रवेश गरेको हुन सक्छ,’ उनले भने, ‘राष्ट्रिय निकुन्जको दक्षिणमा रहेको राष्ट्रिय वन छिचोलेर यो चितुवा आहाराको खोजीमा मानव बस्ती प्रवेश गरेको हुनु पर्छ तर जङ्गलबाट १५ किलोमीटर बाहिरको मानव बस्तिमा कसरी पुग्यो यो चाहिँ अचम्म को बिषय चाहिँ रहेको छ ।’

Advertisement

चितुवा सतवरियाका एक स्थानीयको गोठमा दिनभरि बसेको थियो जसले गर्दा त्यहाको जनजीवन दिनभरी त्रसित बनेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले अचेत बनाएर उद्धार गरी चितुवालाई बुधबार साँझ निकुन्जमा ल्याइएको थियो । चितुवालाई नियन्त्रणमा लिने प्रयासमा एक प्रहरी र दुई स्थानीय घाइते भएका थिए ।

पोखरिया–४ का ३० वर्षीय दिलमहमद मियाँ र ३९ वर्षीय जोगिन्द्र साह तेली घाइते भएका थिए भने इप्रका पोखरियाका प्रहरी जवान सुचिन्द्रप्रसाद यादव पनि घाइते भएका थिए । साभार : कान्तिपुर

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *