Categories समाचार

वीरगन्जमा रहेको चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र

Advertisement

वीरगन्ज । मधेसी आयोगले गाईको मासुकाे परिकार ´बिफ कबाब` बेचेकाे भन्दै वीरगन्जमा रहेको चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ।

वीरगन्जकाे लाेहारपट्टी राेडमा हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसन रेष्टुरेन्टले रमदानको अवसरमा गाईको मासुको परिकार ´कबाब बिफ`मा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए।

Advertisement

उजुरीका आधारमा चिकेन स्टेसन रेष्टुरेन्टलाई कारबाही गर्न साेमबार पत्राचार गरिएको मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए।

Advertisement

तर चिकेन स्टेसनका सन्चालक झाले भने आफनाे रेष्टुरेन्टमा गाईकाे मासुकाे कुनै परिकार बेच्न नराखिएकाे र भुलवस उक्त विज्ञापन फेसबुकमा राख्नु पुगेकाे भन्दै त्यसका लागि सार्वजनिक माफी मागेर फेसबुकबाट उक्त विज्ञापन हटाई सकेका छन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *