वीरगञ्ज । आफ्नै घरमा लुकाइ छिपाइ राखेको लागु औषध चरेश सहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
आज बिहान अन्दाजी ०२:३० बजे पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर १ तिनडुबिया बस्ने अन्दाजी ३८ वर्षका बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा उनलाई लागु पदार्थ चरेस सहित पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन विक्रम केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले कुर्मीको घरकोठा खानतलासी गर्दा उनको घरको अगाडि बरण्डामा खाटमुनी पहेलो र कालो प्लाष्टिकले बेरिएको ५०० ग्रामको २० पोका गरी जम्मा ९ किलो ८०० ग्राम लागु औषध चरेश बरामद भएको थियो ।
पर्सा जिल्ला अदालतबाट ४ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी गराए ।





