Categories समाचार

भाषा आयोगको अध्यक्षमा नियुक्त भएका डा. ठाकुरले आफ्नै मौलिक पहिरनमा लिए सपथ

Advertisement

वीरगन्ज । भाषा आयोगको अध्यक्षमा नव नियुक्त भएका गायक एंव साहित्यकार डाक्टर गोपाल ठाकुरले आज आफ्नो मौलिक पहिरन धोती कुर्ता र गम्छा लगाइ पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गायक एंव साहित्यकार डाक्टर ठाकुर बाराको सिम्रौनगढ नगरपालिका निवासी हुन । उनी भाषा साहित्यिक क्षेत्रमा विगत कैयन वर्षदेखि सक्रिय छन् ।

Advertisement

भाषाविद् समेत रहेका डाक्टर ठाकुरलाई सरकारले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा ठाकुरलाई नियुक्त गरेको थियो ।

Advertisement

आयोगका यसअघिका अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।

आफ्नै पहिरनमा सपथ लिन पुगेका डाक्टर ठाकुरको अहिले प्रशंसा भइरहेको छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *