Categories समाचार

नेपाल नेत्रज्योति संघको आयोजनामा नि:शुल्क आँखा जाँच शिविर, ४५ जन्ना लाभान्वित

Advertisement

वीरगञ्ज । नेपाल नेत्रज्योति संघ पर्सा शाखाको आयोजनामा साेमबार वीरगञ्जमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

वीरगञ्जकाे माइस्थान मन्दिर परिसरमा भएको शिविरकाे उद्घाटन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले आफ्नो आँखा जाँच गराइ गरेका थिए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पाेखरेलले वीरगञ्ज महानगरपालिकाको वार्ड र ग्रामिण भेग तर्फ पनि आँखाको परिक्षण गराउनु पर्ने र सो वारे आवश्यक पहल भइरहेको बताए ।

Advertisement

नेपाल नेत्रज्योती संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा पत्रकार, मन्दिरका पुजारी, जेष्ठ नागरिक, प्रहरी, सर्वसाधारण गरि ४५ जन्नाले आफ्नो आँखा जाँच गराएकाे संघ पर्साका कार्यसमिती सदस्य राजन श्रीवास्तवले जानकारी दिए ।

केडिया आँखा अस्पतालका चिकित्सक डा. रासदेव साह र अन्जली चौधरीले आँखा जाँच गर्नुकाे साथै आवश्यकता अनुसारकाे औषधि समेत वितरण गरेकाे उनले वताए ।

शिविर उद्घाटन कार्यक्रममा संघका निवर्तमान सभापति मधु राणा, उपाध्यक्ष मदन गुप्ता, गणेश प्रसाद साह, महन्थ प्रसाद यादव, फुलमहम्मद मियाँ, समिता दास, सन्तोष ज्यासवाल लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन सहसचिव उमेश गुप्ताले गरेका थिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *