Categories धर्म/संस्कृति

नवदुर्गा भगवतीको पूजा गरी आज चैते दशैं मनाइँदै

Advertisement

काठमाडौं । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

Advertisement

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *